‘हचुवाको भरमा विमानस्थल बनाउँदा राज्यलाई नोक्सानी’
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताएका छन्।सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा मन्त्री पौडेलले विमानस्थललाई केवल यातायातको साधनमात्र नभई पर्यटन प्रवद्र्धनको माध्यम बनाउनुपर्ने भन्दै हचुवाको भरमा विमानस्थल निर्माण गर्दा राज्यलाई ठूलो नोक्सानी हुन सक्ने बताएका हुन्।
