SHARE
गोरखापत्र · बुधबार १७ असार २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

नाकामा कडाइ भएपछि सीमापारि रुपैडिहाको व्यापार घट्यो

सिराज खाननेपालगन्ज, असार १७ गते । नाकापारिको भारतीय सीमावर्ती बजार रुपैडिहा पुगेर दैनिक उपभोग्य लगायतका सामान खरिद गर्ने नेपाली उपभोक्ताको सङ्ख्या हाल आएर ह्वात्तै घटेको छ ।