पेट्रोल प्रतिलिटर २० र डिजेल ३० रुपैयाँ सस्तो, ग्यास सिलिन्डरमा पनि १०० रुपैयाँ घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै स्वचालित मूल्य प्रणालीअनुसार नयाँ खुद्रा बिक्री मूल्य निर्धारण गर्ने निर्णय गरेको हो। निगमका अनुसार नयाँ मूल्य बुधबार १२ः०१ बजेदेखि लागू हुनेछ।
