यात्रालाई थप सुरक्षित बनाउन ‘इन्ड्राइभ’ का चालकहरुलाई तालिम
काठमाडौं । नेपालमा व्यवसायीक रुपमा सफल देखिएको राइड सेयरिङ प्लेटफर्म ‘इन्ड्राइभ नेपाल’ ले यात्रालाई थप सुरक्षित बनाउन चालकलाई तालिमको व्यवस्था गरेको छ । इन्ड्राइभले यात्रालाई सुरक्षित र थप सुदृढ बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ ।
