SHARE
मकालु खबर · मङगलबार १६ असार २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

पाँच सय जनाले पाए सुधारिएको चुलो

दाङ । तुलसीपुर उपमहानगरपालिकाले १९ वडामा २६ वटाका दरले ५०० वटा फलामे चुलो वितरण गरेको छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, हरित जलवायुकोष र तुलसीपुर उपमहानगरपालिका एवं उपभोक्ताको लागत सहभागितामा चुलो वितरण गरिएको उपमहानगरपालिकाका मुख्य सम्पर्क व्यक्ति टेकबहादुर खड्काले जानकारी दिए ।