सुनको मूल्य प्रतितोला चार हजार पाँच सय रुपैयाँले घट्दा चाँदी पनि सस्तियो, तोलाको कति ?
काठमाडौं । नेपाली बजारमा आज सुन–चाँदीको भाउ घटेको छ। सोमबार तोलामा १४ सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ४५ सय रूपैयाँले पुनः घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ७७ हजार नौ सय रूपैयाँ निर्धारण गरिएको छ।
