५ अर्ब प्रिमियम आर्जनपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा डिजिटल रूपान्तरणलाई निरन्तरता दिने प्रतिबद्धता
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब रुपैयाँ प्रिमियम आर्जन गरेको छ। कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार उक्त उपलब्धिले कम्पनीको दिगो व्यवसायिक वृद्धि, सुशासनप्रतिको प्रतिबद्धता, ग्राहकको विश्वास तथा सरोकारवालासँगको सुदृढ सम्बन्धलाई थप मजबुत बनाएको छ।
