इस्तानबुलमा नाटो संसदीय सम्मेलन शुरुः रक्षा लगानी र सुरक्षा चुनौतीमा केन्द्रित
एजेन्सी । उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का संसदीय नेतृत्वकर्ताहरूको दुई दिने शिखर सम्मेलन सोमबार टर्कीको इस्तानबुलमा शुरु भएको छ । आगामी साता अंकारामा हुने नाटो सदस्य राष्ट्रका प्रमुखहरूको बैठकको पूर्वसन्ध्यामा आयोजित यस सम्मेलनमा रक्षा लगानी सुदृढ गर्ने र सुरक्षा चुनौतीहरूको सामना गर्ने विषयमा जोड दिइएको छ ।
