प्रसारण लाइन विकासमा नेपाली कम्पनीको बलियो उपस्थिति, चार आयोजनामा १८ राष्ट्रिय–अन्तर्राष्ट्रिय कम्पनी प्रतिस्पर्धामा
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक ट्यारिफमा आधारित प्रतिस्पर्धात्मक बोलपत्र (बुट मोडल) मार्फत चार प्रसारण लाइन आयोजना अघि बढाएसँगै प्रसारण पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता उल्लेखनीय रूपमा बढेको छ। यी आयोजनाका लागि नेपाल, भारत, चीन, अमेरिका लगायतका विभिन्न देशका १८ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा कन्सोर्टियमले आशयपत्र (ईओआई) पेश गरेका छन्।
