शेयर बजार निरन्तर ओरालोतर्फ, सूचक २६३२ विन्दुमा झर्यो
काठमाडौं । निरन्तर ओरालो लागेको शेयर बजार सोमबारको कारोबारमा पनि कायम रह्यो । यससँगै शेयर बजार लगातार ६ कारोबार घटेको छ । साताको सुरुआती कारोबारमा बजार १६.५४ घटेको छ । बजार घटेर २६३२.९६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । बजार घट्दा २९ कम्पनीको शेयर मूल्य बढेको छ ।
