‘महालेखाले राष्ट्रिय महत्त्वका विषयमा तत्काल लेखापरीक्षण गरी अद्यावधिक प्रतिवेदन ल्याउनुपर्छ’
काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले महालेखापरीक्षकको कार्यालयले राष्ट्रिय महत्त्व र सार्वजनिक चासोका विषयमा तत्काल लेखापरीक्षण गरी अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। उनले विद्यमान लेखापरीक्षण प्रणालीलाई समयानुकूल सुधार गर्दै परिणाममुखी, समाधानमुखी तथा प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
