उद्योग मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, नागरिकले कम्पनी–उद्योग दर्ताको विवरण अब रियल टाइममा हेर्न मिल्ने
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रालयका सेवा तथा दर्तासम्बन्धी विवरणलाई थप पारदर्शी र सहज बनाउन ड्यासबोर्ड प्रणाली सञ्चालनमा ल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको सक्रियतामा सञ्चालनमा ल्याइएको उक्त ड्यासबोर्डमार्फत अब दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा फर्म दर्तासम्बन्धी विवरण रियल टाइममै अद्यावधिक हुने भएको छ।
