गृहमन्त्रीको मध्य तराई अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्थामा सतर्कता
रौतहट । गृहमन्त्रीले मध्यतराईका बारा र पर्सा जिल्लाको स्थलगत अनुगमन गर्दै तस्करी नियन्त्रण र शान्तिसुरक्षामा कडाइ गर्न निर्देशन दिएपछि रौतहटमा सुरक्षा व्यवस्था थप सुदृढ भएको प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण तथा जिल्लाको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी युनिटहरूलाई थप सक्रिय बनाइएको हो।
