अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन: झलनाथ खनाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संविधानलाई ‘बाँदरको हातमा नरिवल’ बन्न दिन नहुने बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित एक विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् । दक्ष र सरोकारवाला पक्षबाहेक ‘अनाडी’हरूको संलग्नतामा गरिने संशोधनले मुलुकलाई सही दिशा नदिने तर्क गरे ।
