ओली–प्रचण्ड–विद्यालाई साक्षी राखेर झलनाथले भने– ‘अब वामपन्थी एकता नगरी सुख छैन’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले वामपन्थी एकताका लागि ढिला गर्न नहुनेमा जोड दिएका छन् । आइतबार मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका खनालले सो कुरामा जोड दिएका हुन् ।
