इन्धनको मूल्य कहिले घट्छ ? अर्थमन्त्रीले दिए यस्तो जवाफ
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर कम हुँदै गएकाले डिजेल, पेट्रोल तथा मट्टीतेलको मूल्य निकट भविष्यमा घट्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटिसकेको भए पनि त्यसको प्रभाव नेपालमा पर्न केही समय लाग्ने बताएका हुन् ।
