करको दर किन घटाउँदैछ सकार ? यस्तो छ कारण
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करको दर घटाएर आन्तरिक राजस्व बढाउने रणनीति सरकारले अवलम्बन गरेको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले उच्च करको दरले राजस्व बढाउनुको सट्टा घटाउने, चोरी–पैठारी (स्मगलिङ) र अनौपचारिक अर्थतन्त्रलाई प्रोत्साहन गर्ने तर्क गरे ।
