सम्पत्ति शुद्धीकरण (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभामा प्रस्तुत
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन् । प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमतिपश्चात् अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदनसमक्ष पेस गरेका हुन् ।
