SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

काँग्रेसले लम्कीचुहा प्रादेशिक अस्पताल बन्न दिएन: केपी खनाल

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले कैलालीस्थित लम्कीचुहा प्रादेशिक अस्पताल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले बन्न नदिएको आरोप लगाएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले उक्त अस्पताल बनाउनका लागि सर्वोच्च अदालतले समेत आदेश दिएपनि प्रदेश र स्थानीय सरकार काँग्रेसको भएकाले अवरोध गरिरहेको जिकिर गरे ।