आगामी वर्षबाट पुँजीगत खर्चको परम्परागत हविगत तोड्छौँ: अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्च नहुने परिपाटीको परम्परा अन्त्य गर्ने दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथि छलफलमा क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो दाबी गरेका हुन् ।
