SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

स्वास्थ्य र शिक्षामा समता शुल्क लगाउने कुरा स्वीकार्य हुँदैन: सांसद अवाल

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गंगालक्ष्मी अवालले स्वास्थ्य र शिक्षा क्षेत्रमा लगाएको समता शुल्क फिर्ता गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथि संशोधन प्रस्तुत गर्दै उनले यस्तो माग गरेकी हुन् । उनले विद्यालयमा प्रस्ताव गरिएको ‘शिक्षा समता शुल्क’ पनि खारेज गर्दै सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सरकारले प्राथमिकता दिनुपर्ने बताइन् ।