SHARE
पर्दाफास · आइबार​ १४ असार २०८३ ०७:३२ AM · 1 मिनेट पढाइ

संसद बैठकमा सभामुखलाई सांसद खनालले ‘कर्मचारी महोदय’ भनेपछि…

प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद केपी खनालले बोल्दाबोल्दै माइक काटिएको छ। आइतबारको जारी बैठकमा बोल्ने क्रममा सांसद खनालले सभामुखलाई सम्बोधन गर्दै ‘कर्मचारी महोदय’ भनेर सम्बोधन गरेपछि उनको भनाइ बीचमै रोकिएको हो। त्यसपछि उनको माइक काटिएको छ। उनले आफ्नो निर्वाचन क्षेत्रका समस्याको विषयमा कुरा राख्दै थिए ।