SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

सांसद ज्ञानेन्द्र शाहीको प्रश्न : राज्यले चाँहि अपराध गर्यो भने जरिवाना तिर्ने कि नतिर्ने ?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उल्लंघन गर्नेलाई मात्रै नभई पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानूनी दायरामा ल्याउनु पर्ने बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानूनी दायरामा ल्याउनु पर्ने बताएका हुन् ।