ज्ञानेन्द्र शाहीको प्रस्ताव - सडकमा खाल्डा भेटिए सरकारलाई एक लाख जरिवाना तिराउनुपर्ने कानुन ल्याऔं
काठमाडौं :राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सवारी नियम उलंघन गर्नेलाई मात्रै नभइ पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताएका छन्।आइतबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा नेता शाहीले ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई कडा कानुनी सजाय गर्ने भन्ने चर्चा सुनिएको भन्दै सडक पूर्वाधार निर्माणमा कमजोरी गर्नेलाई पनि कडा कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
