सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस्: गीता गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ओभर स्मार्ट नबन्न सचेत गराएकी छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारलाई ओभर स्मार्ट नबन्न चेतावनी दिएकी हुन् । सरकार ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ हुन खोज्दा विद्यार्थीको भविष्यमाथि खेलबाड भएको टिप्पणी गर्दै उनले यस्ता विषयमा सरकारलाई सचेत रहन आग्रह गरिन् ।
