SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०७:०३ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक: समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै कक्षा १२ को नतिजा प्रकाशनमा गम्भीर त्रुटि भएको आरोप लगाउँदै छानबिनको माग गरेका छन् । नेपाली कांग्रेसका गीता गुरुङले कक्षा १२ को परीक्षाफलमा त्रुटि भएको भनी विद्यार्थीबाट उठेका आवाजलाई सम्बोधन गरी छानबिन गर्नुपर्नेमा जोड दिँदै दोषीलाई कारबाही गर्न माग गरे ।