SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

राष्ट्रपतिद्वारा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै उक्त विधेयक प्रमाणीकरण भएको जानकारी सदनलाई गराएका हुन् ।