SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०७:१४ AM · 1 मिनेट पढाइ

सरकार स्मार्ट बनोस् शुभकामना छ तर ओभर स्मार्ट नबनोस् : सांसद गुरुङ

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारलाई ‘स्मार्ट’ बन्ने नाममा ‘ओभर स्मार्ट’ नबन्न चेतावनी दिँदै कक्षा १२ को परीक्षाफलमा देखिएको गम्भीर त्रुटिबारे निष्पक्ष छानबिन गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले राष्ट्रिय परीक्षा बोर्डले हतारमा नतिजा सार्वजनिक गर्दा हजारौँ विद्यार्थी र अभिभावक अन्यायमा परेको बताइन् ।