SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०५:२२ AM · 1 मिनेट पढाइ

अमेरिकी कम्पनीमा डिजिटल सेवा कर लगाउने मुलुकमाथि भन्सार महशुल बढाउने ट्रम्पको चेतावनी

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूमा डिजिटल सेवा कर (डीएसटी) लगाउने कुनैपनि मुलुकबाट आयात गरिने सम्पूर्ण सामग्रीमा १०० प्रतिशत भन्सार महशुल लगाउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ट्रम्पले अमेरिकी प्रविधि कम्पनीहरूलाई लक्षित गर्ने देशहरूविरुद्ध यस्तो कठोर कदम चाल्ने घोषणा गरेका हुन् ।