SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०५:३५ AM · 1 मिनेट पढाइ

सिरियाको ऐतिहासिक किल्ला ‘कलात अल–मदिक’ मा फर्किए विस्थापित परिवार

एजेन्सी । सिरियाको मध्य हमा प्रान्तस्थित प्राचीन शहर ‘अपामिया’ को उचाईमा अवस्थित ऐतिहासिक किल्ला ‘कलात अल–मदिक’ मा वर्षौंदेखिको द्वन्द्वका कारण विस्थापित भएका परिवारहरू पुनः फर्कन थालेका छन् । हाल करिव ५०० स्थानीय बासिन्दाहरू यस ऐतिहासिक किल्लाभित्र आफ्ना क्षतिग्रस्त घरहरूको पुनर्निर्माण गर्दै दैनिक जीवनलाई पुनः लयमा फर्काउने प्रयासमा जुटेका छन् ।