दूधमा आत्मनिर्भर बन्दै बागलुङ
बलेवा । दश वर्षपहिले मलेसियाको रोजगारीबाट फर्किएका बागलुङ नगरपालिका-१२ लिलाधर शर्मा अहिले गाउँमा गाई फार्म सञ्चालन गर्दै आएका छन् । स्वदेशमै मेहनत गर्दा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने लागेर सुरु गरेको व्यवसायले उनलाई व्यावसायिक दूध उत्पादक किसान बनाएको छ ।
