SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०४:४२ AM · 1 मिनेट पढाइ

आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया तीव्र, अन्तर्वार्ता र प्रस्तुतीकरण जारी

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण प्रक्रिया सुरु भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुसार तीन वटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता र मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन भइरहेको छ ।