धनगढीबाट खैरो हेरोइनसहित ६ जना पक्राउ
धनगढी । कैलाली प्रहरीले विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट १ ग्राम २७० मिलिग्राम खैरो हेरोइनसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २१ वर्षीय किरण भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
