SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

अल्जेरिया र अस्ट्रियाको रोमाञ्चक भिडन्त, २-२ को बराबरी

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको रोमाञ्चक खेलमा अल्जेरिया र अस्ट्रियाबीचको खेल २–२ को बराबरीमा सकिएको छ । खेलको पहिलो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए भने दोस्रो हाफमा थप दुई गोल भएपछि खेल बराबरीमा टुंगिएको हो । अस्ट्रियाले २८औँ मिनेटमा मार्को अर्नाटोभिचको गोलमार्फत अग्रता लिएको थियो ।