SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०३:५८ AM · 1 मिनेट पढाइ

बाढी र पहिरोका कारण  मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ ?

काठमाडौं । लगातार वर्षा र सडक मर्मतका कारण विभिन्न प्रमुख राजमार्गहरूमा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले आज बिहान ९ बजेसम्म संकलन गरेको विवरण अनुसार कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ ।