SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०२:२५ AM · 1 मिनेट पढाइ

मदन भण्डारीको ७५औँ जन्मजयन्ती : जबजको सान्दर्भिकतामाथि धनगढीमा छलफल हुने

धनगढी । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन कैलाली जिल्ला कार्यसमितिले आज धनगढीमा विशेष विचार गोष्ठी आयोजना गर्ने भएको छ । कार्यक्रम आज दिउँसो १ः३० बजे धनगढीस्थित मनमोहन स्मृति भवन (नेकपा एमाले पार्टी कार्यालय) मा हुने जनाइएको छ ।