SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०२:४४ AM · 1 मिनेट पढाइ

पहिरोको कारण मेची राजमार्ग अवरुद्ध, यातायात प्रभावित

इलाम । पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएको छ । इलाम नगरपालिका–९ स्थित माईखोलाको गोलाखर्क–राजदुवाली सडकखण्डमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो । त्यसैगरी, रोङ गाउँपालिका–४ को इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्नुका साथै दुई वटा रूख सडकमा ढलेपछि सो क्षेत्रको यातायातसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।