एउटै मञ्चमा देखिँदैछन् ओली, प्रचण्ड,माधव र झलनाथ
काठमाडौं । काठमाडौंमा आज चार पूर्वप्रधानमन्त्री एउटै कार्यक्रममा सहभागी हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका हुन् । यो कार्यक्रम मदन भण्डारी फाउन्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको हो ।
