SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०१:३३ AM · 1 मिनेट पढाइ

आज प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयक र आर्थिक विधेयकमाथि छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्नुका साथै आर्थिक विधेयक, २०८३ माथि छलफल र निर्णय गर्ने कार्यसूची तय गरिएको छ । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकको प्रारम्भमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा सदनमा पढेर सुनाउनेछन् ।