SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०२:०२ AM · 1 मिनेट पढाइ

सरकारलाई सुकुमबासीको चेतावनी– ‘उचित विकल्प नदिए पुनः पुरानै स्थानमा फर्किन्छौँ’

काठमाडौं । थापाथलीस्थित बागमती किनारबाट विस्थापित भई विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासीहरूले सरकारले प्रस्ताव गरेको प्रतिपरिवार २५ हजार रुपैयाँ आर्थिक राहत अस्वीकार गर्दै स्थायी आवासको सुनिश्चितता गर्न माग गरेका छन् । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाको नेतृत्वमा शनिबार माइतीघरमा आयोजित खबरदारी सभामा सहभागीहरूले उचित विकल्प र व्यवस्थापनबिना आफूहरूलाई बस्तीबाट हटाइएको आरोप लगाए ।