इरानमाथि अमेरिकाको फेरि हवाई आक्रमण, २४ घण्टाभित्र दोस्रो सैन्य कारबाही
काठमाडौं । होर्मुज जलमार्गमा शनिबार पानामाको झण्डा बोकेको एक तेल ट्यांकरमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका विभिन्न सैन्य ठेगानामाथि फेरि हवाई आक्रमण गरेको छ । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानका सैन्य उपकरण, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा प्रणाली र ड्रोन भण्डारण केन्द्रलाई निशाना बनाएको जनाएको छ ।
