SHARE
मकालु खबर · आइबार​ १४ असार २०८३ ०१:०४ AM · 1 मिनेट पढाइ

पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड बन्यो समूह विजेता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड समूह ‘एल’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा पानामालाई २–० ले हराउँदै इंग्ल्यान्ड समूह विजेता बनेको हो । इंग्ल्यान्डले खेलको ६२औं मिनेटमा पहिलो अग्रता लिएको थियो । जुड बेलिङ्घमले गोल गर्दै इंग्ल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।