SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ ०१:०९ PM · 1 मिनेट पढाइ

श्रममन्त्री यादवसँग साउदी अरबका राजदूतको भेट

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए. मिएखरले शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा मन्त्री यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सीप प्रमाणीकरण (एसभिपी) प्रक्रियालाई स्थगन गर्न विशेष आग्रह गरे ।