SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ १२:१५ PM · 1 मिनेट पढाइ

हप्तामा ५ कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौती

सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन् । कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गरेका हुन् ।