SHARE
मकालु खबर · शनिबार १३ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

धरानको ‘स्मार्ट बसपार्क’ सञ्चालन

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–८ स्थित अत्याधुनिक ‘स्मार्ट बसपार्क’ आजदेखि सञ्चालनमा आएको छ । धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख अइन्द्रविक्रम बेघाले आज आयोजित एक कार्यक्रमबीच बसपार्कको उदघाटन गरेका हुन् । सङ्घीय सरकार र धरान उपमहानगरपालिकाको ५०–५० प्रतिशत आन्तरिक स्रोतबाट करिब एक बिघा सात कट्ठा क्षेत्रफलमा बसपार्क निर्माण गरिएको हो ।