SHARE
पर्दाफास · शनिबार १३ असार २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

५ वर्ष नाघेका मुद्दा शून्यमा झार्ने लक्ष्य जेनजी आन्दोलनले अवरोध गर्‍यो : न्यायाधीश पौडेल

सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शून्यमा झार्ने लक्ष्य लिएको थियो ।