किन चाहियाे ओलीलाई जेनजी आन्दाेलन प्रतिवेदन ?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गरेका छन् । जेनजी आन्दोलनबारे आयोगले जारी गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन ओलीले माग गरेका हुन् । अध्यक्ष ओलीका तर्फबाट छानबिन तथा अनुसन्धान प्रतिवेदन माग गर्दै एमाले नेता महेश बर्तौलाले आयोगमा निवेदन दर्ता गरेका हुन्।
