SHARE
अन्नपूर्ण · शनिबार १३ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

पुल अलपत्र पार्ने निर्माण कम्पनीविरुद्ध स्पष्टीकरण सोधियो, चित्तबुझ्दो जवाफ नआए कारबाही अघि बढाइने

मुगु : पाँच वर्षदेखि अलपत्र परेको मुगु–हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुल निर्माणको जिम्मा लिएको निर्माण कम्पनीविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ। सम्बन्धित कार्यालयले निर्माण कम्पनीलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको अवधिभित्र चित्तबुझ्दो जवाफ नआए आवश्यक कानुनी कारबाही अघि बढाइने भएको हो।