सरकारले सुकुम्बासीलाई ‘अलपत्र’ पार्न लागेको भन्दै प्रदर्शन
काठमाडौं : सुरक्षित पुनः स्थापना सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुरक्षित पुनः स्थापना, भू–स्वामित्वसहितको बास अधिकार तथा सम्मानजनक आवास सुनिश्चित नगरी कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरुले शनिबार काठमाडौंको माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् ।
