एक सय ८८ कन्या र कुमारको सामूहिक पूजा सम्पन्न
काठमाडौँ महानगरपालिका वडा नं. १७, धोविचौरमा एक समारोहका बीच सामूहिक ‘कुमारी पूजा’ सम्पन्न भएको छ । वडा कार्यालयको आयोजना तथा स्थानीय के.के. महिला समूहको समन्वयमा आयोजित उक्त कार्यक्रममा १८८ जना बालबालिकाको सहभागिता रहेको थियो ।
